December 28, 2024, 9:01 am
» सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन » पच्चीस न्यायाधीशको सरूवा सिफारिस » काठमाडौँसहित देशभर मौसम बदली, आगामी २४ घण्टाका लागि चेतावनी » हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात » कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे

सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी

कार्तिक ९, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं,  । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी भएको छ ।

संगठित अपराधमा रुपन्देही जिल्ला अदालतबाट अर्को पक्राउ पुर्जी जारी भएपछि उहाँलाई उतै लैजाने तयारी भएको हो ।

कास्की जिल्ला अदालतले भने पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अब लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको छ ।

प्रतिक्रिया