December 28, 2024, 8:54 am
» सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन » पच्चीस न्यायाधीशको सरूवा सिफारिस » काठमाडौँसहित देशभर मौसम बदली, आगामी २४ घण्टाका लागि चेतावनी » हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात » कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे

मानव अधिकार आयोगमा रविमाथि दुर्व्यवहारको उजुरी गर्ने रास्वपाको तयारी

कार्तिक ९, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार गरेको भन्दै रास्वपाले उजुरी गर्ने भएको छ । 

अनुसन्धानको क्रममा मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार गरेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिने निर्णय गरेको कानून व्यवसायी यज्ञमणि न्यौपानेले बताए । कानून व्यवसायी न्यौपानेले भने, – ‘हामी अहिले नै आयोगमा उजुरीका लागि जाने भएका छौँ । थप कुरा पछि आउँछ ।’ 

कानून व्यवसायी न्यौपाने  लगायत रास्वपाका केही नेता मानव अधिकार आयोगमा उपस्थित भएर उजुरी दिने बताइएको छ ।

प्रतिक्रिया