February 25, 2025, 4:05 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

एमालेलाई दिएको जग्गाविरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा

कार्तिक ८, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौं– व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दानमा दिएको जग्गाविरुद्धपरेको रिटको पेशी न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

यसअघि उक्त रिट सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएकोमा मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपिठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो।

भाटभटेनीका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले दिएको काठमाडौंको कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया