February 25, 2025, 4:18 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

रवि र छविलाई भोलि अदालतमा पेस गरिने

कार्तिक ७, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई भोलि (बिहीबार) पुनः अदालत पेस गरिने भएको छ ।

असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो । कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले पुनः समय माग्न लागिएको कास्की प्रहरीले जनाएको छ ।  सूर्य दर्शन सहकारीसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई हिजो सरकारी वकिलको कार्यालयले करिब तीन घण्टा बयान लिएको थियो भने जोशीसँग यसअघि नै बयान लिइसकेको छ ।

गोर्खा मिडियाका पूर्व सञ्चालक रहेका दुवैलाई प्रहरीले सहकारी रकम अपचलन र संगठित अपराध कसुरमा अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका क्रममा केही थप खुल्दै गए अन्य कसुरहरुमा समेत अनुसन्धान गरिने अनुसन्धान अधिकृतहरुले बताएका छन् । यसैबीच रास्वपा सभापति लामिछाने पक्राउ परेको विरोधमा पोखरामा बुधबार पनि प्रर्दशन भएको छ ।

प्रतिक्रिया