February 25, 2025, 3:54 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

ओली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

कार्तिक ७, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारवाहीको फेहरिस्त सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीले  १०० दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका मुख्य उपलब्धिहरूको विवरण सार्वजनिक गरेका हुन्।

उपलब्धिमा उनले भर्खरै भएको बाढी पहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण, राहत वितरण, जाजरकोट र रुकुममा भूकम्पपछिका पुनर्निर्माणलगायत विषयलाई समेटेका छन्।

ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री ओलीले असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए। गत असार १७  गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत विषयमा सहमति भएको थियो।त्यसपछि एमाले र जनता समाजवादी पार्टीले प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए।

प्रतिक्रिया