February 24, 2025, 6:25 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

भारतको बेंगलुरुमा वर्षाका कारण ७ तले भवन भत्कियो, ५ जनाको मृत्यु

कार्तिक ७, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

कर्नाटकमा भारी वर्षाका कारण मंगलबार बेंगलुरुमा निर्माणाधीन ७ तले भवन भत्किएको छ । भवन भत्किंदा ५ जनाको मृत्यु भएको जनाइएको छ । भग्नावशेषमा २१ जना फसेका जसमध्ये १३ जनाको उद्धार गरिएको उल्लेख छ।

३ जना भने अझै पनि भग्नावशेषमा पुरिएका छन् ।

एनडीआरएफको टोलीले भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार गर्न रातभर उद्धार कार्य जारी राखेको थियो। बुधबार बिहान कुकुरसहितको टोली पनि बोलाइएको थियो । भग्नावशेष हटाउन ठूला मेसिन पनि बोलाइएको छ ।

एक प्रत्यक्षदर्शी मजदुरका अनुसार १ बजे दिउँसो खाना खाइरहेको समयमा ठूलो आवाज सुनियो । यो भवन हल्लिन थाल्यो र केही समयपछि भत्कियो।

प्रतिक्रिया