January 22, 2025, 9:59 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

के गर्दैछन् रवि लामिछाने ? पत्रकारलाई हैरानी, चुइक्क बोल्दैन प्रहरी

कार्तिक ७, २०८१ मा प्रकाशित | २३९०दर्शक तीव्रखबर

काठमाडौं,  । पोखराको गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्कीको थुनुवा कक्षमा अहिले आम नेपालीको चासो छ । जिल्ला प्रहरी कार्यालय कास्कीको इतिहासमा सम्भवत यत्तिको भिआईपी यसभन्दा अघि थुनिएका छैनन् ।

पत्रकारिता क्षेत्रबाट एकाएक राजनीतिमा आएर दुई दुई पटक उपप्रधान तथा गृहमन्त्री भैसकेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतका सदस्य हुन् । प्रहरीको रोलकलमा रहेका कैदीहरुको लिष्टमा रवि लामिछानेको पनि नाम हुन्छ र उनी सहकारी ठगी किर्ते र संगठित अपराधका अभियुक्त हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधि सभाका सांसद लामिछाने कास्की प्रहरीको हिरासतमा त छन्, यद्यपी उनी थुनुवा कक्षमा छैनन् ।

प्रहरीले विशेष अतिथि कै रुपमा आफ्ना पूर्व विभागीय मन्त्रीलाई सेवा सत्कारकै साथ राखेको छ । जिल्ला प्रहरी कार्यलयको भुईमा रहेका थुनुवा कक्षमा लामिछानेलाई बस्नु परेको छैन । उनलाई त भवनको तेश्रो तलामा छुट्टै कोठाको व्यवस्था गरिएको छ ।

रवि पत्नी निकितासहित पार्टीका नेताहरु बिना रोकतोक उनीहरुले चाहेमा भेट्न जान सक्छन्, गैरहेकाछन । एक प्रहरी अधिकारीले बताए अनुसार उनले एक्लै भेटघाट गर्ने सुविधा पनि पाएका छन् ।

सामान्यतया हिरासतमा रहेको कैदीले सुरक्षाकर्मीको रोहवरमा मात्रै आफन्त वा कानुन व्यवसायीलाई भेट्न पाउछ । तर, रविका लागि त्यो व्यवस्था भन्दा उपल्लो दर्जाको सहुलियत दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयको भवनमा भए पनि उनले हिरासतको थुनुवा भएको अनुभुति गर्न परेको छैन सायद । म्याद थप्न अदालत लैजादा अन्य कैदीलाई हतकडी लगाइन्छ । उनलाई लगाइदैन ।

प्रहरीको हाकिम चढ्ने गाडीमा हाकिम कै सिटमा राखेर उनी अदालत लगिएका थिए । यहाँसम्म कि पहिलो दिन म्याद थप्न जाँदा कास्की प्रहरीकै बिचबाट रविले प्रेस मिट नै गरे । पत्रकारले प्रश्न गरे र उनले जवाफ दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्नका लागि सडकमा उत्रन आम नेपालीलाई आव्हान नै गरे । हिरासतको कैदीलाई यस्तो सुविधा विरलै मिल्छ । अझै पोखरामा के चर्चा छ भने म्याद थप्न अदालत लैजाने समय पनि रविले चाहे अनुसार नै तय गरिएको थियो ।

प्रहरीले नबताए पनि रविलाई भेटेर फर्कने रास्वपाका नेताहरुले बताए अनुसार उनको स्वास्थ्य अवस्था ठिक छ । अधिकांश भिआइपी थुनुवाको स्वास्थ्य अवस्था बिग्रनु वा बिग्रियो भनिनुको कारण थुनुवा कक्षमा बस्नु नपरोस् भनेरै हो ।

तर पूर्व विभागीय मन्त्रीलाई तेश्रो तलामा छुट्टै कोठा उपलब्ध गराइएका कारण बसोबास सुविधाजनक नै छ । त्यसैले उनले स्वास्थ्य बिग्रिएको रिपोर्ट बनाउनु परेको छैन ।

पोखराको पत्रकार भएको नाताले देशै भरका पत्रकारसहित चिनजानका मान्छेले बारम्बार प्रश्न गर्छन्- प्रहरी हिरासतमा के गर्दैछन् रवि लामिछाने ? स्वास्थ्य अवस्था कस्तो छ ?

खाना के खाइरहेका छन् ? यो आम मान्छेको चासोको विषय पनि हो र प्रश्न स्वभाविक पनि हुन । पत्रकारले थाहा पाउछन् भनेरै साधिने हो ।

हामीले यत्तिकै जवाफ दिने कुरा पनि भएन । तर त्यत्रो भिआइपीलाई हिरासतमा राखेको कास्की प्रहरीले ६ दिन भैसक्दा पनि औपचारिक रुपमा चुइक्क बोलेको छैन ।

सामान्य चाेरीका फरार अभियुक्त समातेमा बढो ठूलो उपलब्धी जस्तै गरेर फोटो सहित प्राय सबै मिडियामा प्रेस नोट पठाउने कास्की प्रहरीले रवि लामिछाने पक्राउ प्रकरणमा अहिलेसम्म कुनै प्रेस ब्रिफ वा प्रेस नोट जारी गरेको छैन ।

कास्की प्रहरीका प्रवक्ता छन् डिएसपी बसन्त शर्मा । पत्रकारलाई औपचारिक जानकारी दिने जिम्मा उनकै हो । उनले सरकारी फोन सितिमिति उठाउदैनन् ।

धेरै पत्रकारको गुनासो छ चाहिएको बेलामा कि फोन उठ्दैन, उठ्यो भने पनि जवाफ पाइन्न । कथम कदाचित कार्यालय प्रमुख एसपीले फोन उठाए भने पनि प्रवक्तालाई सोध्न भन्दै उम्किन्छन् ।

प्रहरी सूचना दिनबाट तर्के पनि आफ्नो दनयित्व सम्झेर अनौपचारिक श्रोतहरु मार्फत संकलन गरी यति जानकारी दिएको छु ।

समाधान दैनिकका साथमा ।

प्रतिक्रिया