November 15, 2024, 1:42 pm
» उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा » हेलो रोबोट ! तिम्रो नाम के हो ? » विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव » विश्वकप पुग्ने महिला टिमलाई भरतपुर महानगरपालिकाले सम्मान गर्ने » कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

कार्तिक ७, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं : सत्तारुढ दलको बैठक बालुवाटारमा जारी रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पुगेको अवसरमा सरकारका काम कारबाहीबारे समीक्षा र आगामी कार्ययोजना तय गर्न बैठक बसेको हो।

प्रधानमन्त्री ओलीले बोलाएको गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्।

बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारीलगायतका मन्त्री तथा नेताहरु पनि सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। प्रधानमन्त्री ओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन्। उनले सार्वजनिक गर्नु अगाडि बैठकमा छलफल गर्न लागेका हुन्।

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आमजनता पार्टीले सत्ता गठबन्धन दल कांग्रेस-एमालेले मुलुकका समस्या समाधान नगरी सरकार टिकाउने ध्यानमा लागेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले ‘दुई दलीय तानाशाही लाद्न, अन्य दललाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका थिए । उक्त विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया