February 25, 2025, 3:20 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

खानेपानी मन्त्रीको सयदिने सफलता- अवरोधबीच मेलम्चीको पानी काठमाडौं ल्याएँ

कार्तिक ६, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं– आफ्नो सयदिने कार्यकालमा मेलम्चीको पानी उपत्यकामा ल्याउन सफल भएको दाबी खानेपानी मन्त्री प्रदीप यादवले गरेका छन् ।

खानेपानी मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले विभिन्न अवरोधबीच मेलम्चीको पानी ल्याउन सफल भएको बताए ।

केही समयअगाडि वर्षापछि आएको बाढी पहिरोले तहसनहस हुदाँ पनि विचलित नभई काम गरेको उनले जिकिर गरे ।

स्वच्छ खानेपानी वितरणका लागि जिल्ला जिल्लामा आयोजना निर्माण भइरहेको उनले जानकारी दिए ।

खानेपानीको समान पहुँच र वितरणका लागि स्रोत सुनिश्चित गर्न अर्थमन्त्रालयमा पठाइएको पनि उनले बताए । आफूसँग भएको स्रोत साधन प्रभावकारी रुपमा परिचालन गरेको पनि यादवले बताए ।

बाढीले क्षति पुर्‍याएको खानेपानीको पाइपलाइनमर्मत सम्भार, अनुगमन प्रतिकार्यमा डटेर लागेको उनले बताए ।

स्रोत समिति प्राप्त गरेका दुईवटा ठेक्का सम्झौता गरी निमार्णको चरणमा पुगेको बताउँदै उनले मेलम्चीको पानी १४ वटा इलाकाबाट सञ्चालन गरी २५ हजार धारामा वितरण गरिएको बताए ।

काठमाडौं क्षेत्रको ठमेल क्षेत्रपाटी, नरदेवी, अनामनगरमा थप ३४.९९ किलोमिटरको कार्यगत परीक्षण गरेर नियमित सञ्चालनका लागि पूर्वधारा तयार गरिएको उनले बताए ।

प्रतिक्रिया