February 25, 2025, 3:33 pm
» ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

नाम फेरेर नयाँ शक्तितिर फर्किए बाबुराम

कार्तिक ६, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

काठमाडौं– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ ।

पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ ।

पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ । पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ ।

विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुङ्गो लगाएको छ । पदाधिकारीहरूमा अध्यक्ष-१, उपाध्यक्ष-५, महासचिव-१, सचिव-३ र कोषाध्यक्ष-१ रहने बताइएको छ ।विधान अधिवेशनले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरे पनि माओवादी केन्द्र लगायतका पुराना दलहरूसँग भने एकता नगर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया