February 25, 2025, 3:09 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

‘सदन बन्द भएपछि सडकमा आउन बाध्य भयौँ, अब झनै आन्दोलन चर्किन्छ’ : रास्वपा

कार्तिक ६, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा आन्दोलन जारी छ ।शनिबारबाटै आन्दोलन गरिरहेको रास्वपाले आज पोखराको जिरो किलोमिटरमा आन्दोलन गरिरहेको छ । स्वंय रविले नै आफूले कानुनलाई सघाउने भन्दैगर्दा पनि पार्टीले आन्दोलन गरिरहेको भन्दै प्रश्न उठेको छ ।यता रास्वपाका कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झाले अहिले सदन र संसदीय समितिहरु नचलेका कारण सडकमा आन्दोलन गर्न बाध्य भएको बताए ।

आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले यसअघि पनि आफूहरुले विभिन्न विषयमा सदनदेखि संसदीय समितिसम्म आन्दोलन गरेको बताउँदै अहिले सडकमा आउन बाध्य भएको बताए ।

‘आवाज उठाउने ठाउँहरु जबसम्म हुन्छ नि सदन वा संसदीय समिति हामीले त्यही आवाज उठाउने हो । अहिले सदन पनि बन्द छ र संसदीय समितिहरु पनि पंगु बनाइएको छ । अनि त हामी बाध्य भएर सडकमा आउनुपर्यो,’ झाले भने ।

त्यस्तै उनले आगामी दिनमा अझै आन्दोलन चर्किने बताए ।

प्रतिक्रिया