February 25, 2025, 3:24 pm
» मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु

रविसँग पोखरामा सोधपुछ, छविको बुटवलमा बयान

कार्तिक ६, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

पोखरा, । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेसँगै सहकारी क्षेत्रको बेथिति सतहमा छताछुल्ल भएको छ ।

सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले सोधपुछ अघि बढाएको छ ।

मुद्दाको प्रक्रियाका लागि कागजात जुटाउने सिलसिलामा सोमबार सोधपुछ गरिए पनि बयान भने नलिइएको कास्की जिल्ला अदालत स्रोतले जनाएको छ ।

गत शुक्रबार काठमाडौंमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । उनलाई म्याद थपका लागि आइतबार अदालत लगिएको थियो ।

जिल्ला अदालतले उनलाई ६ दिन म्याद थपेको थियो । पक्राउ भएदेखि नै म्याद सुरु हुने भएकाले उनलाई बुधबार अदालत पेस गरिने छ ।

यसैबीच सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छबिलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ ।

जोशी रवि लामिछानेका व्यावसायिक साझेदार हुन् । गोर्खा मिडिया प्रालिमा उनीहरुको लगानी थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही लगिएको हो ।

बुटवलमा बयान सकिएपछि फेरि उनलाई पोखरा नै ल्याइने छ । बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप उनीमाथि छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रवि र छवि पक्राउ परेका हुन् ।

उता रास्वपासहित विपक्षी दलहरुले सरकारले रविमाथि प्रतिशोध साँध्न गिरफ्तार गरेको बताइरहेका छन् । रास्वपाका नेता,कार्यकर्ताहरुले आज पनि पोखरामा नाराबाजी गरिरहेकाछन् ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौंको शंखमुलबाट पक्राउ गरेका थिए । उनलाई सोही दिन जहाजबाट पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया