February 25, 2025, 3:33 pm
» ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

माओवादीले शनिबार काठमाडौंमा जनप्रदर्शन गर्ने

कार्तिक ६, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते शनिबार काठमाडौं उपत्यकामा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । उनले खबरदारीसभाकोतयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन समेत दिएका छन् ।

माओवादी केन्द्रले विपत व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।जनप्रदर्शन र खबरदारी सभाका थप एजेन्डा तय गर्न पेरिसडाँडामा बैठक जारी छ।

प्रतिक्रिया