February 24, 2025, 6:27 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

इजरायलमा हिजबुल्लाहको आक्रमण जारी

कार्तिक ६, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

लेबनान – हिजबुल्लाहले मंगलबार दक्षिणी लेबनानमा इजरायलविरुद्ध ३१ आक्रमण गरेको जनाएको छ। मिसाइल ड्रोन र रकेटसहित आक्रमण गरिएको जनाइएको छ।

गाजमा रहेका प्यालेस्टाइनी तथा लेबनानको रक्षाका लागि यो आक्रमण आवश्यक रहेको जनाएको छ। सोमबार भने इजरायली डिफेन्स फोर्सले १७० प्रोजेक्टाइल हिजबुल्लाहले प्रहार गरेको जनाएको थियो।

यसैबिच संयुक्त राष्ट्र संघले जबालियाको शरणार्थी शिविरमा कुनै पनि मानवीय सहायता नपुगेको जनाएको छ। त्यस स्थानमा दुई साता चलेको इजरायली सैन्य अभियानले सयौँको ज्यान लिएको थियो भने लाखौँको ज्यान गएको थियो। युएन अफिस फर द को अर्डिनेसन अफ ह्युमनेटरियन अफेयर्स (आसिएचए)लाई सहयोग सहित जबैलियाको अल फबुजामा प्रवेश गर्न लगातार चार दिन रोक लगाइएको थियो।

दक्षिणी लेबनानमा योजनामा रहेका ६६ मध्य ४ स्थानमा मात्र सहयोग पुगेका छन्। इजरायली संस्था कोग्याटले सबै स्थानमा सहयोग पुगी रहेको दाबी गरेको छ।

हिजबुल्लाहले १ अक्टोबरबाट दक्षिणी लेबनानमा सुरु गरेको आक्रमणमा ३२ सय पटक हिजबुल्लाह माथि आक्रमण गरेको जनाएको छ। पछिल्लो २४ घण्टामा तीन वटा आक्रमण गरिएको छ।

यस बिचमा राफिक हरिरी विश्वविद्यालय अस्पताल भन्दा बाहिर गरिएको आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको छ। संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टेनियो गुटिरेजले उत्तरी गाजाको अस्पताल लगायत क्षेत्रमा भएको आक्रमणलाई मानवता विरोधी प्रहारको संज्ञा दिएका छन्।

प्रतिक्रिया