February 25, 2025, 4:35 am
» अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो

कार्तिक ५, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही पठाइएको हो ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौँको शंखमुलबाट पक्राउ गरेका थिए ।त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् । विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।

प्रतिक्रिया