January 15, 2025, 6:59 pm
» सांसद चौधरीविरुद्धको रिट खारेज,सांसद पद कायम रहने » कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल » साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ » आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो

युट्युबरहरुले चहलपहल बढाइदिए ! रवि लामिछानेमाथिको अनुसन्धान सुरु

कार्तिक ५, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं,  । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुको प्रदर्शनलाई रोक्न कास्की जिल्ला प्रशासनले पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको हो ।

पोखराको शहीदचोक तथा गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेको जानकारी दिनुभयो । हिजो बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

म्याद थपपछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गरेको छ । त्यसो त लामिछानेको पक्राउपछि पोखरामा उनका समर्थकहरुले नाराबाजी गरिरहेकाछन्  ।

अहिले पार्टीको केन्द्रका सबै पदाधिकारी मात्र होइन, काठमाडौं लगायत विभिन्न जिल्लाहरुबाट नेता कार्यकर्ता पोखरा उत्रेका छन् ।

पत्रकार शालिग्राम पुडासैनीको निधनपछि आत्महत्या दुरुत्साहनमा मुद्दामा लामिछाने पक्राउ परेर चितवन लैजाँदा त्यहाँको जनलहरले रविलाई राजनीतिक यात्रा अघि बढाइदिएको थियो । अहिले पक्राउलाई लामिछाने र उनको पार्टीले आफ्नो प्रभाव बढाउने अवसरमा रुपमा प्रयोग गर्न खोजिरहेको छ ।

रवि लामिछानेको समर्थनमा पोखराबासी अर्थात पोखरेलीले त्यति वास्ता नदेखाएपछि रास्वपाका नेता तथा कार्यकर्ताहरुले ऐक्यवद्धताका लागि बारम्बार आग्रह गरिरहेका छन् ।

रास्वपा उपाध्यक्ष डा. स्वर्णिम वाग्लेदेखि, रविकै समर्थक दीपक बोहोरासम्मले सामाजिक सञ्जालमार्फत् पोखरेलीको समर्थन खोजिरहेका छन् ।

वार्दलीमा बसेर रमिता हेर्नभन्दा सडकमै उत्रेर रवीको पक्षमा समर्थन जनाउन उनीहरुले आग्रह गरेका छन् । काठमाडौंबाट आएका पत्रकार र युट्युबरहरुले चहलपहल बढाइदिएका छन् ।

सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार सूचना जारी गरी जिल्ला अदालत, प्रशासन र जिल्ला प्रहरी कार्यालय वरपर निषेधित क्षेत्र तोकेको थियो ।

रास्वपाका नेता कार्यकर्ताले आइतबार निषेधाज्ञा तोडेर ढुंगामुढामा उत्रेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।

उता सहकारी पीडितले पनि सोमबार आज पनि प्रदर्शन जारिराखेका छन् । सहकारी पिडितकाे आक्राेश बढेको छ । उनीहरुको एक श्वर छ सहकारीको रकम फिर्ता नगरे पाेखराबाट लखेटिन्छ ।

प्रतिक्रिया