February 25, 2025, 3:13 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

विपक्षी दलले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

कार्तिक ५, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले आज ज्ञापनपत्र बुझाउने भएका छन्।

उनीहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्न लागेका हुन्।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा एकीकृत समाजवादीलगायतका दलले ज्ञापनपत्र बुझाउन लागेका हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार अपरान्ह साढे ४बजे प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्ने कार्यक्रम छ।

माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा तयार पारेको छ।

प्रतिक्रिया