February 25, 2025, 3:03 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

कार्तिक ४, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं । पुर्व उपप्रधान एवं पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  ६ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत कास्कीले उनलाई  ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायाधीश नवराज दाहालको इजलासले सो आदेश दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधमा उनीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको थियो । दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराईएको थियो ।

प्रतिक्रिया