September 8, 2024, 4:57 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

‘नम्बरी सुन’ हेर्ने १२ जनाले सुन उपहार पाउने

साउन १, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

फिल्मप्रति दर्शकलाई आकर्षित गर्न नेपाली निर्माताहरुले विभिन्न उपहार योजना ल्याइरहेका हुन्छन् । आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’ले भने दर्शकलाई सुन उपहार दिने भएको छ । सोमबार ललितपुरस्थित झम्सिखेलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले फिल्म हेर्ने दर्शकमध्ये १२ जनालाई सुन उपहार दिने बताए ।

‘खल्ती एप’बाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जनालाई सुनको मोतीवाला ‘चन्द्रहार’ प्रदान गरिनेछ । त्यो उपहार ‘लक्की ड्र’ मार्फत् सार्वजनिक गरिने प्रस्तुतकर्ता खातीले जानकारी दिए । उनी पेशाले सुन व्यवसायी समेत हुन् । गत वर्ष फिल्मको एक गीत सार्वजनिक कार्यक्रममा खातीले निर्देशक राजु गिरीलाई खुकुरी अंकित नम्बरी सुन समेत उपहार दिएका थिए ।

कार्यक्रममा निर्देशक गिरीले फिल्मले लगभग ७० वर्षअघि घर–घर पुगेर सुनको गरगहना बनाउनेको कथालाई उठान गरेको बताए । ‘सुनको इतिहाससँगै अहिलेका दर्शकले मनपराउने माया-प्रेम, ‘सेन्टिमेन्ट’ र कमेडी फ्लेवर पनि फिल्ममा भरपुर छ’, उनले भने । अभिनेत्री नम्रता सापकोटाले भने अहिलेसम्म आफूले गरेका फिल्मभन्दा केही पृथक काम ‘नम्बरी सुन’मा रहेको दाबी गरेकी छन् ।

फिल्ममा नम्रतासहित गौरव पहारी, सरोज खनाल, राजाराम पौडेल, सविन बाँस्तोला, राजेन्द्र खड्गी, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी आदिको अभिनय छ । मनोज रिजाल, सविन खाती र सरोज खाती निर्माता रहेको यो फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद र दिव्य सुवेदीको छायांकन छ ।

प्रतिक्रिया