February 25, 2025, 3:31 pm
» ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

यो देशको सबैभन्दा भ्रष्टाचारी मान्छे केपी ओली हो : रवि लामिछाने

कार्तिक ४, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको जगमा उभिएको मान्छे भएको आरोप लगाएका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेले अदालतमा उपस्थित हुनुपूर्व सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

ओलीले भ्रष्टाचारी र सहकारी ठगहरुलाई पालेर आफूलाई झुठा मुद्दा लगाएर फसाएको आरोप समेत लगाए । त्यस्तै आफूलाई जस्तै ओलीलाई पनि छानबिन गर्ने हो भने देशको सबैभन्दा भ्रष्ट मानिस ओली रहेको आरोप लगाउँदै उनले भने,

‘भ्रष्टाचारीहरुलाई संरक्षण गरेर सारा सहकारी गठहरु आफ्ना पार्टीभित्र पालेर भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुठा मुद्दा लगाउने यस्तो छानबिन भयो भने मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । देशको प्रधानमन्त्री भएकोमा यो दुर्भाग्य छ ।’

आफूलाई न्यायालयप्रति विश्वास रहेको बताउँदै लामिछानेले सरकारकाविरुद्ध सडकमा उत्रिन आफ्ना समर्थकहरुलाई अपिल समेत गरे ।

उनले आफूलाई झुठा मुद्दा लगाएर फसाइएको भन्दै सरकारको अधियानवादी चरित्रविरुद्ध देशभरबाट बाहिर निस्कन आग्रह गरे ।

‘न्यायप्रेमी जनतासँग धेरै विश्वास छ । तर केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुख पाउनेछ,’ उनले भने, ‘यो अधिनायकतावादी सरकारको विरुद्ध चाँही यही बेलामा देशैभरबाट जो जो जहाँजहाँ हुनुहुन्छ, मेरो लागि होइन यो देशका लागि बाहिर निस्किन पर्ने बेला आउन सक्छ म सबैलाई अपिल गर्न चाहान्छु ।’

शुक्रबार पक्राउ परेका लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । लोकपथ बाट साभार

प्रतिक्रिया