February 25, 2025, 3:24 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो

कार्तिक ४, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

गण्डकी, :  सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका उहाँविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो ।

सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए ।

अदालत जानुपूर्व सभापति लामिछानेले कानुनी प्रकृयालाई सहयोग प्रतिक्रिया दिनुभएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई)सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा उहाँमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

सभापति लामिछानेलाई काठमाडौँमा पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया