February 25, 2025, 3:15 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

पीडितका पक्षमा काम गरिरहेका छौं: प्रधानमन्त्री

कार्तिक ४, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्‍पछिको अवस्थामा राहत र पुनः स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट पारेका छन्।

नेकपा (एमाले) को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषदका बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समय तालिका तोकेर राहत र पुनःस्थापनाका काम प्रभावकारीरुपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराएका हुन् ।

उनले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्याउन चाहनेहरुले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्का साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।एमालेको जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्लाका चार पालिकालाई संकटग्रस्त घोषणा गरेकामा सरकारलाई धन्यवाद दिँदै किसानका पाकेका धान बाली र सयौँ सङ्ख्यामा पशु चौपायाहरुमा समेत क्षति भएकाले पुनःनिर्माण र पुनः स्थापनाका कामलाई अगाडि बढाउन आग्रह गरे। उनले किसानलाई विशेष राहतको प्याकेज व्यवस्था गर्न माग गरे।

प्रतिक्रिया