काठमाडौं । पोखराको शहीद चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच ठेलाठेलको अवस्था सिर्जना भएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाले आज त्यहाँ प्रदर्शनको तयारी गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रहरीले उक्त क्षेत्रलाई खुला गर्न लागेसँगै दुई पक्षबीच ठेलाठेलको अवस्था सिर्जना भएको हो ।आज त्यहाँ प्रदर्शन गर्ने भएसँगै बिहानैबाट त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
प्रतिक्रिया