February 23, 2025, 3:25 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

कार्तिक ४, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

पोखरा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेलाई म्याद थपका लागि आज आइतबार जिल्ला अदालत कास्की लगिने भएको छ ।

जिल्ला अदालत कास्कीले पक्राउका अनुमति दिएलगत्तै उनलाई शुक्रबार पार्टीको मुख्यालयबाटै पक्राउ गरेको थियो ।

रविकै आग्रह अनुसार उनलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा ल्याइपुर्‍याइएको थियो ।

शनिबार बिदा परकाले आज उनलाई अदालतमा उपस्थित गराइने छ ।

शनिबार दिनभर रास्वपाका नेता तथा कार्यकर्ताले दिनभरजसो पोखरामा प्रदर्शन गरेका थिए । त्यसो त सहकारी पीडितले समेत पोखरामा शनिबार प्रदर्शन गरेका छन् ।

आज रविलाई अदालत लैजाने समयमा समर्थक र सहकारी पीडितहरु पनि प्रदर्शनको तयारीमा छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार बिहान सर्बदलीय बैठक डाकेर प्रदर्शनका बेला संयमित हुन र भीडभाड नगरिदिन आग्रह गरेका थिए ।

प्रजिअ भरतमणी पाण्डेले सहकारी पिडितसँग भिन्दै बैठक गरेका थिए ।

प्रजिअको आग्रह अनुसार आफूहरु संयमित भएको सहरकारी पिडित संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताएका छन् ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै कास्की प्रशासनले आजका लागि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ ।

रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए ।

सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनी शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया