February 23, 2025, 3:27 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुनको मूल्य हालसम्मकै उच्च

साउन १, २०८१ मा प्रकाशित | १२८०दर्शक तीव्रखबर

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि भएको छ। आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ।

सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार एक सय निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० ले घटेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ७५ निर्धारण भएको  छ।

प्रतिक्रिया