October 18, 2024, 8:46 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

विपक्षी दलको बैठकमा प्रचण्डले भने- रविजी पक्राउ पर्न सक्नुहुन्छ

कार्तिक २, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा पूर्वगृहमन्त्री रवि लामिछानेबारे पनि चर्चा भएको छ । 

बैठकमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने सूचना  दिएका थिए ।

प्रचण्डले यो कुरा राखेपछि रविले यसबारे अन्य दल र प्रचण्डको धारणा बुझ्न खोजेका थिए । तर, अन्य दलले दोषी हो भने कारबाही भोग्नुपर्ने यदि व्यक्तिगत प्रतिशोधका आधारमा कसैलाई पनि कारबाही हुन नहुने धारणा राखे । 

बैठकमा सहभागी एक नेताका अनुसार त्यसपछि सभापति रविले आफू दोषी नभएको र दोषी भए सजाय भोग्न तयार भएको तर्क गरे ।

बैठकमा सहभागी ती नेताले भने, ‘रवि जीलाई बचाउने उनीलाई पक्रन लाग्दा सबै विपक्षी दल एक हुने भनेर सहमति भएको छैन । राष्ट्रिय मुद्दामा एक हुने हो । दोषी बचाउन हैन ।’ ती नेताका अनुसार रविलाई प्रहरीले पक्रन खोजे सबै दल एक भएर प्रतिवाद गर्ने सहमति भएको छैन । 

तर, यता रास्वपा उपसभापति डीपी अर्यालले भने सभापतिलाई सरकारले धरपकड गर्न खोजे विपक्षीले प्रतिवाद गर्ने सहमति भएको दाबी गरे । 

हिजो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठकमा पनि यसबारे सामान्य छलफल भएको थियो । त्यहाँ पनि रवि दोषी भए उन्मुक्ति पाउन नहुने नेताहरूको धारणा थियो । 

तर, सहकारी प्रकरणमा दोषी देखिएका  सबै नेताहरूलाई कारबाही सरकारले गर्नुपर्ने कुनैलाई काखा र पाखा गर्न नहुने नेताहरूको तर्क थियो ।

यस्तै बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा र आम जनता पार्टीको सहभागिता रहेको थियो ।

लोसपा अध्यक्ष महन्त ठाकुरले सत्ता पक्षी भए पनि सरकारको कामबारे सन्तुष्ट नभएर आफू बैठकमा सहभागी भएको बताए ।

प्रतिक्रिया