February 25, 2025, 4:47 am
» प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी » भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार » अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल

आजबाट बडादसैँ समापन : खोला तलाउमा जमरा बिर्सजन

कार्तिक १, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं,  । आजबाट बडादसैँ पर्व समापन भएको छ। धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रीमा जाग्राम बसेपछि  दसैँ सकिएको हो।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन भएको हो।

विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त भएसँगै नजिकको खोला तलाउमा जमरा बिर्सजन गरिएको छ।

नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।

असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि टीका र जमरा लगाउने क्रम सुरु भएको थियो।

प्रतिक्रिया