February 25, 2025, 12:10 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

राष्ट्रपति पौडेलबाट बडीमालिकाको दर्शन

कार्तिक १, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

बाजुरा– राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आज बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका-९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन् ।

प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि टाढाटाढादेखि भक्तजन आउने गर्दछन् ।

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका-७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्‌घाटन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार अपराह्न सुर्खेत आएका थिए । उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया