October 18, 2024, 3:26 am
» भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो » गोविन्दे हात्तीमा रेडियोकलर जडान » नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु नियुक्त

चर्चित पप गायक ल्याम पेनेको मृत्यु

कार्तिक १, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं-चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्वसदस्य गायक लियाम पेनेको ३१ वर्षको उमेरमा मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो ।

पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको जनाइएको छ । उनको निधनको खबरले सिंगो संगीत क्षेत्र शोकमा डुबेको छ ।

यसै महिनामा उनले अर्जेन्टिनामा भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएका थिए ।

सन् २०१० मा युकेको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि पेनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप् ब्याण्ड बनाएका थिए । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो ।

यस ब्याण्डले पाँच एल्बल निकालेको थियो । उनीहरुको २०१३ मा आएको तेस्रो एल्बममिडनाइट मेमोरिज २०१३ को विश्वभरको धेरै बिक्रि भएको एल्बम बनेको थियो ।

प्रतिक्रिया