February 25, 2025, 12:21 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया सुरु

अशोज ३०, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी छानबिन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई लेखिपठाइसकेको बताएका हुन्।

उनले वर्तमान सरकारले सहकारी पीडित जनतालाई न्याय दिएरै छाड्ने प्रतिबद्धता जनाए । त्यस्तै मन्त्री गुरुङले उखु किसान र दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पनि सरकारले आवश्यक सहजीकरण गरेको जिकिर गरेका छन्

जनताको समस्याप्रति संवेदनशील बन्नका लागि वर्तमान सरकार बनेको उनको भनाइ छ । उनले सरकारको स्थीरताका लागि ठूला दुई दल मिल्नुपरेको धारणा राखेका छन्।

उनले वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको दाबी गरे । यसअघिको सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम अहिलेको सरकारले क्रमशः भुक्तानी गर्दै जाने उनले बताए।

प्रतिक्रिया