October 16, 2024, 10:38 am
» जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता » प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने

मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने

अशोज ३०, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं । तिहार, नेपाल संवत् एवं छठ पर्वका लागि लक्षित गरी चन्द्रागिरि नगरपालिका वडा नं. ६ बालागाँउको मातातिर्थ चौरमा कार्तिक २ गतेदेखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन हुने सो व्यापार महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ । यस्तै ग्रामीण प्रविधि सम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, हस्तकला तथा कृषि औजार प्रदर्शनी समेत समावेश गरिने बताइएको छ ।
उक्त महोत्सवमा दैनिक उपभोग्य सामानको बिक्री तथा प्रदर्शनी, औद्योगिक उत्पादनको बिक्री एवं प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको बिक्री तथा प्रदर्शनी रहनेछ ।
महोत्सवका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ भने मोबाईल तथा इलेक्ट्रोनिक सामान बिक्री तथा प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा प्रर्यटकीय प्रदर्शनी र लत्ता कपड़ा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री स्टल रहने मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।
महोत्सवका क्रममा एसियाकै उत्कृष्ठ बाल उद्यानको समेत व्यवस्था गरिने बताइएको छ ।
महोत्सवमा निःशुल्क प्रवेश दिइने आयोजकको भनाइ छ ।

प्रतिक्रिया