February 25, 2025, 4:25 am
» खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?

झापामा दुर्घटनामा तीन जनाको मृत्यु

अशोज २७, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

बनियानी (झापा),  : झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर-७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरित दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर-७ का ५० वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर – ६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

यस्तै कमल–४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा शिवसताक्षी–८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया