February 23, 2025, 8:25 am
» झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीले दिए शुभकामना

साउन १, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा हार्दिक बधाइ एवं शुभकामना व्यक्त गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उनीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन्।

नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गरेका छन्।

प्रतिक्रिया