October 16, 2024, 12:21 am
» पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल » चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि » इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु » पेट्रोलियम पदार्थको मूल्य बढ्यो » लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

देशकै प्रसिद्ध मन्दिरमा प्रहरी विट स्थापना

अशोज २४, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका ३ पाल्चोकमा प्रहरी विट उद्घाटन गरिएको छ । देशकै प्रसिद्ध मन्दिर प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल जयवागेश्वरी पाल्चोकी माई (पाल्चोक भगवती मन्दिर) प्रसिद्ध परिसरमा बुधबार विटको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरी विटको उद्घाटन गर्नुभयो ।

२० वर्ष पछिको निरन्तर पहल पछि पत्रकार विष्णु खडकाको विशेष पहलमा इलाका प्रहरी कार्यालय हेलम्बु मातहत विट स्थापना गरिएको हो ।

२२ रोपनीमा फैलिएको प्रसिद्ध मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले सहजरुपमा दर्शन गर्न पाउने व्यवस्था मिलाउन पहल गरिएकोले मन्दिर परिसरमा प्रहरी विट स्थापनाले सिगों पाल्चोकवासीको शान्ति सुरक्षा र समग्र जिल्लाको इज्जत र गरिमा बढाएकोले यसले अझै जिल्लाको पर्यटन विकास र प्रवद्र्धनमा ठुलो सघाउ पुग्ने पत्रकार तथा स्थायीय अगुवा खडकाले बताउनुभयो ।

प्रहरी विट उद्घाटन गर्नुहुँदै प्रहरी उपरीक्षक खड्काले यस मन्दिर तथा यस भेगमा शान्ति सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष दिपक खड्काले विट स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै स्थानीय सरकार र स्थानीय सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो । विटमा प्रहरी वरिष्ठ हवल्दारको नेतृत्वमा ४ प्रहरी हुने जनाइएको छ ।

प्रसिद्ध मन्दिरमा आउने भक्तजन तथा यहाँका स्थानीयको शान्ति सुरक्षाका लागि विट स्थापना गरिएको मन्दिरको अध्यक्ष श्यामचन्द्र श्रेष्ठ बताउनुभयो ।

विगतमा स्कुल, वडा, स्वास्थ्य चौकी र मन्दिरका सामाग्रीहरु चोरी हुने गरेकोमा अब चोरी लगायत घटना कम हुने स्थानीयले विश्वास लिएका छन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय हेलम्बुका प्रमुख प्रहरी निरीक्षक दिवस बस्नेत, स्थानीय वडाका अध्यक्ष, स्थानीय सामाजसेवी लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया