February 25, 2025, 12:41 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

जनताको आकांक्षा पुरा नहुँदा बेचैनी बढ्यो : पूर्वराजा शाह

अशोज २३, २०८१ मा प्रकाशित | ११८०दर्शक तीव्रखबर

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको आकांक्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् ।

विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पुरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको बताए ।

‘खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो ।

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ ।

तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ,’ पूर्वराजाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको निरन्तरको परनिर्भरता र ऋणको भारले थिचिएको उनको भनाई छ ।

प्रतिक्रिया