February 23, 2025, 3:03 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

अशोज २२, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

म्याग्दी– धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो ।आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया