February 25, 2025, 12:07 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

दसैँ बिदामा पनि मानव अधिकार आयोग खुल्ने

अशोज २२, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैँ बिदामा पनि खुला रहनेछन् ।

आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरू खुला रहने छन् ।

आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ । आयोगले यस अवधिमा मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने छ ।

प्रतिक्रिया