February 25, 2025, 12:33 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

‘खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य विषय बनेको छ’

अशोज २२, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न भए पनि खाद्य वस्तु आयात गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

सोमबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले खाद्यन्नको अभाव परिपूर्तिको लागि आयात गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका बताए ।

उनले भने, ‘नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भएता पनि हामी खाद्यन्नको अभाव परिपूर्तिको लागि आयात गर्नुपर्ने अवस्थामा छौ । खाद्य सुरक्षा आज विश्व मानव समुदायको जीवन र मरणको मुख्य विषय हो । नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका हुन्छन् । जलवायु परिवर्तनका प्रभावहरू, आर्थिक मन्दि, असमानता लगायतका कारण्ले गर्दा गरिब र कमजोर जनतालाई गम्भीर रूपमा असर परेको छ ।’

उनले दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको पनि बताए ।

उनले भने, ‘२०३५ सम्ममा नेपाललाई खाद्यमा आत्म निर्भर बनाउने लक्ष्य सहित कृषि विकास नीति २०७२ जारी गरिएको छ । दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको छ ।’

यसको साथै, उनले नेपालमा खाद्य सुरक्षाको अवस्था राम्रो बनाउन संलग्न सबै कर्मशील किसान एवं श्रमिकहरू, कृषि उद्यमी तथा व्यवसायीहरू, अन्राष्ट्रिय संघ संस्था एवं विकास साझेदारहरु, क्षेत्रिय संगठन र स्वदेशी संस्था तथा नागरिक समाज सबैमा नेपाल सरकारले गरेको प्रतिबद्धतामा ऐकेबद्धता जनाउँदै सहयात्राको लागि अपिल गरेका छन् ।

प्रतिक्रिया