February 25, 2025, 11:56 am
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

अशोज २२, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

कमलामाई (सिन्धुली),  सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ आइपुग्नुभएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट आइपुग्नुभएको हो ।

उहाँहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गर्नुभयो । रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उहाँहरूले सो कामको निरीक्षणसमेत गर्नुभएको छ ।

अहिले उहाँले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल जारी राख्नुभएको छ । मन्त्रीहरु सिन्धुपोल्चोकको चौतारा जाने कार्यक्रम रहेको जनाइको छ । रासस

प्रतिक्रिया