February 23, 2025, 3:02 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

पशुपतिनाथ मन्दिरको पूजामा सूर्यमूखि तेल र चिनी प्रयोगमा निषेध गर्न माग

अशोज २१, २०८१ मा प्रकाशित | १७७०दर्शक तीव्रखबर

काठमाडौं । हिन्दु धर्मालम्बीहरुको आस्थाको महत्वपूर्ण स्थलको रुपमा चिनिएको पशुपतिनाथको मन्दिरमा पूजामा प्रयोग गरिने सूर्यमूखि तेल र चिनी प्रयोगमा प्रतिबन्ध लगाउन माग गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थीत रहेको पशुपतिनाथ मन्दिरको दैनिक पुजा अर्चनामा प्रयोग गरिने सूर्यमूखि तेल र चिनी प्रयोगमा निषेध गरेर अन्य विकल्प प्रयोग गर्न माग गर्दे काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का स्थायी बासिन्दा दयाकृष्ण न्यौपानेले पशुपति क्षेत्र विकास कोषमा निवेदन दर्ता गरेका छन् ।

उनले मिति २०८१ असोज २१ गते दर्ता गरेको दर्ता नम्बर ७४२ उल्लेख भएको निवेदनमा भनिएको छ – ‘चिनी र सूर्यमूखी तेलमा जनाबरको बोसो प्रयोग गरिने हुँदा शुद्ध र पवित्र सामाग्रीबाट पूजा अनिवार्य छ । त्यसैले तेलको बद्लामा गाईको घ्यू र चिनीको सट्टा सख्खर प्रयोग गर्ने व्यवस्था हुन जरुरी छ ।’

निवेदनको पूर्ण पाठ

प्रतिक्रिया