February 23, 2025, 2:10 am
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

आज तरकारी तथा फलफूलको मूल्य कति ?

अशोज २०, २०८१ मा प्रकाशित | १५८०दर्शक तीव्रखबर

काठमाडौं-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलो (भारतीय) औसत मूल्य प्रतिकेजी १४० रुपैयाँ, गोलभेडा सानो (लोकल) ८५, गोलभेडा सानो (टनेल) १०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, आलु रातो ८२, आलु रातो (भारतीय) ५६, आलु रातो (मुडे) ७७ रुपैयाँ, प्याज सुकेको १२७, गाजर (लोकल) १३५, गाजर (तराई) १२५, बन्दा (स्थानीय)४५, बन्दा (तराई) ३५, काउली स्थानीय ९५, मूला रातो ४५, मूला सेतो ३५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

समितिका अनुसार भान्टा लाम्चो ७५, भान्टा डल्लो ८५, बोडी (तने) १२५, मकै बोडी ९५, मटरकोशा २१६, घिउ सिमी (लोकल) ११०, घिउ सिमी (हाइब्रीड) ११०, तितो करेला ११०, लौका ६५, परवर (लोकल) ११०, परवर (तराई) ११०, चिचिण्डो ६५, घिरौँला ११०, फर्सी पाकेको ४५, हरियो फर्सी ८५, भिण्डी ८५, बरेला १३०, पिँडालू ६५, स्कूस ३७ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ २६६, डल्ले च्याउ ४२६, कुरीलो ५७६, न्यूरो ८५, रातो बन्दा १७६, ब्रोकाउली १९०, गान्टे मूला ८५ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, पालुङ्गो साग १४०, तोरीको साग ५५ र हरियो प्याज १७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, फूजी स्याउ ३१०, केरा दर्जनको १४५, अनार ३४०, भुइँ कटहर १९०, काँक्रो (लोकल) ८५, काँक्रो (हाइब्रीड) ३५, मेवा (नेपाली) ४५, मेवा भारतीय ९५, अम्बा ५५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

प्रतिक्रिया