February 23, 2025, 3:20 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

दशैंको अवसरमा चाँगुनारायणको मनोकामना मन्दिरमा मनोरञ्जनात्मक कार्यक्रम हुने

अशोज १८, २०८१ मा प्रकाशित | ३२८०दर्शक तीव्रखबर

काठमाडौं । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थीत रहेको मनकामना मन्दिर परिसरमा दशैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ ।
श्री मनकामना मन्दिर संरक्षण समिति तथा श्री मनकामना भजन समुहद्वारा संयुक्त रूपमा वडादशै, शुभदिपावली , नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम संचालन गर्ने भएको हो । सो कार्यक्रमका लागि श्री मनकामना शान्ति समाजका सदस्य तथा परिवारजनको साथै सम्पूर्ण भक्तपुरबासीहरूलाई निमन्त्रण गरिएको समितिले जनाएको छ ।
उक्त कार्यक्रममा सम्पूर्ण भक्तपुरबासीलाई मनोरन्जन गराउने उदेश्यले शिवराज गिरी (छालिङगे कान्छा) को निर्देशन तथा नविन गिरीको सह निर्देशनमा दशै विशेष नाटक, लोक दोहोरी, स्कुलका भाइबहिनीहरुबाट सुन्दर नृत्यहरु प्रस्तुत गरिने समेत समितिले जनाएको हो ।
अशोज १९ गते शनिवार मनकामना मन्दिर प्राङगण हुने उक्त कार्यक्रममा नवप्रतिभाहरुले समेत कथा, कविता, चुट्किला, मुक्तक प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको समितिले उल्लेख गरेको छ ।

प्रतिक्रिया