December 29, 2024, 6:20 am
» दक्षिण कोरियामा विमान दुर्घटना अपडेट : ९६ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार » सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? » उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट » आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण » प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अशोज १५, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

बागलुङ । जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि आज थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।
ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो ।
त्यस्तै सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।
मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । नेपालीले आफूसँग रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया