November 15, 2024, 8:45 am
» नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू » खोलामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न सकेको छैनौँ : नगरप्रमुख क्षेत्री » राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा सुरू » कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर » दार्चुला जीप दुर्घटना : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो

सरकारको राहत कोषमा ५० लाख दिने एमालेको निर्णय

अशोज १५, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौँ । नेकपा एमालेको सचिवालय आजको बैठकले रु ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।

प्रतिक्रिया