काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थलमा सञ्चारकर्मीहरुसँग आक्रोशित रुपमा प्रस्तुत भएका छन् ।
सोमबार अपरान्ह अमेरिका भ्रमणबारे ब्रिफिङका क्रममा ओलीमाथि प्रश्नको वर्षा भएपछि उनी आक्रोशित रुपमा प्रस्तुत भएका हुन् ।
उनले आफू राष्ट्र संघमा भैँसी दुहुन नएको टिप्पणी गर्दै जलवायु परिवर्तनका विषयहरु प्रखर रुपमा उठाएको दाबी गरे ।
तपाईँको न्यूयोर्क यात्रा र तपाईँको राष्ट्र संघमा उपस्थितीले मुलुकलाई चाँही के अर्थ राख्यो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘म भैसी दुहुन गएर दुध लिएर आएँ भने जस्तो होइन, हाम्रा विचारहरु, हाम्रा समस्याहरु त्यहाँ राख्न गएको हो । त्यसैगरेर यी समस्याहरु एउटा देशका मात्रै समस्याहरु होइनन् । यी ग्लोबल समस्याहरुलाई ग्लोबल मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भयो ।’
त्यस्तै आफू विदेशमा हुँदा नेपालमा बाढीपहिरो लगायत प्राकृतिक विपत्तिको घटना हुँदा राज्य संयन्त्रले राम्रोसँग काम गरेको समेत दाबी गरे ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रतिनिधिमण्डलको टोलीसहित प्रधानमन्त्री ओली गत असोज ४ गते न्यूयोर्क प्रस्थान गरेका थिए ।
प्रतिक्रिया