December 29, 2024, 5:32 am
» प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो » करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक » कालीकोटमा भूकम्पको धक्का » इटालिको ‘एयरपोर्ट तथा विदेश मन्त्रालय वेबसाइट’मा साइबर आक्रमण » चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन

जनकपुर उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्धा दायर

अशोज १४, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले सहनी र तेलीले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।
अख्तियारले सहनी र तेलीसहित विजय मण्डलले घुस रकम लिएको प्रमाणित भएकोले मुख्य आरोपी बनाउदै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया