February 25, 2025, 7:23 am
» प्रकाशमानले भने- गुट–उपगुटले कांग्रेस कमजोर भयो » राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो » माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

अशोज १४, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकले निरौला र पाण्डेविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो ।

न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश रहेका निरौँला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो । उजुरी आव्हानसँगै निरौला र पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया