February 25, 2025, 7:45 am
» आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित » शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान » भाषाविद् चूडामणि गौतमको निधन » प्रकाशमानले भने- गुट–उपगुटले कांग्रेस कमजोर भयो » राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै

ढोरपाटनका मेयर नेपालीलाई बागलुङ पठाइयो

अशोज १३, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको छ ।
भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई शनिबार ल्याइएको थियो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बाग्लुङ पठाइएको जानकारी दिएको छ ।
नेपाली फरार भएपछि २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए ।
उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।
उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया