February 25, 2025, 7:11 am
» राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो » माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त » एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर : महासचिव विप्लव

सहुलियत हवाई भाडा लिन प्रधानमन्त्री ओलीको आग्रह

अशोज १३, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न हवाई  कम्पनीहरूलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा अमेरिकामै रहेका ओलीले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
आइतबार प्रधानमन्त्री ओलीले हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सुनिएको उल्लेख गर्दै सहुलियत भाडा लिन आग्रह गरेका छन् ।
उनले भनेका छन् –
लगातारको वर्षा र बाढीपहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ । नेपाल सरकार, पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ । हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’

प्रतिक्रिया