February 25, 2025, 6:00 am
» सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य » सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो » रौतहटको विद्यालय: बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

अहिले दुई ठूला दलले सरकार बनाउनु घातक : झलनाथ खनाल

अशोज ११, २०८१ मा प्रकाशित | १०७०दर्शक तीव्रखबर

काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई शर्मनाक हार चखाउने चेतावनी दिएका छन् ।

हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमसँग संवाद गर्दै उनले टुँडिखेल आयोजित गौरा पर्वको कार्यक्रमले नै आगामी निर्वाचनमा एमालेको शर्मनाक हारको संकेत गरेको बताएका हुन् ।

हाल अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राना देउवा सुरक्षा थ्रेटको कारण देखाउँदै नेपालीले आयोजना गरेको कार्यक्रममा नजानु पनि लज्जास्पद रहेको उनले बताए ।

‘अर्को पटकको चुनावमा शर्मनाक हार नहोस् । एमालेले बहुमतको सरकार बनाउने लक्षण मैले दुई ठाउँमा देखेँ । एउटा अस्ति टुँडिखेलमा भएको देउडा (गौरा) पर्व । भीम रावलले भाषण गर्नुभो, ती युवाहरुले ताली का ताली दिए ।

देशको प्रधानमन्त्री कमरेड केपी ओलीले भाषण गर्नुभो । हुडिङका हुटिङ, ‘केपी चोर, देश छोड’ हेर्नुस् त नारा पनि कस्तो छ । त्यसपछि पूर्व प्रधानमन्त्री देउवाले भाषण गर्नुभो । हेनुस् त माहोल कस्तो छ । त्यहाँबाट पनि मैले राम्रो बहुमत आउने सम्भावना देखेँ केपी ओलीको ।’ उ

नले भने, ‘अहिले न्यूयोर्कमा हुनुहुन्छ । न्यूयोर्कमा नेपालीहरुले कार्यक्रमको भव्य आयोजना गरेछन् । बोलाएछन्, हाम्रो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई । तर, जान सक्नुभएन, सेक्यूरिटीका कारणले ।

अमेरिकाजस्तो विश्वको महाशक्तिले हामी तपाईँलाई सेक्यूरिटी दिन सक्दैनौं भन्यो । यहाँ भन्दा ठूलो बेइजती के हुन्छ । त्यस्तो नेताले दुई तिहाई बहुमत ल्याउँछौं भन्न मिल्छ ?’

साथै, संविधान संशोधनमार्फत दुई पार्टी सिस्टम बनाएर देखाउन उनले एमाले–कांग्रेसलाई चूनौति दिए । दुई पार्टी सिस्टम अधिनाकवाद रहेको उनले बताए ।

अहिले दुई ठूला दलले सरकार बनाउनु घातक रहेको उनले बताए । नेता खनालले दुई ठूला दल मिलेर सरकार बनाएकै कारण आगामी निर्वाचनमा अरु पनि नयाँ दल उदाउने र कसैको पनि बहुमत नआउने बताए ।

प्रतिक्रिया